२४ भदौ, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको मैनैया गाविसस्थित अर्घाखाँची सिमेन्ट उद्योगमा तोडफोड गरेका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका सो उद्योगका मालिक हुन् । उनले बुधबार भैरहवामै मधेसी मोर्चाका नेताहरुलाई बन्द हड्ताल फिर्ता लिन आग्रह गरेका थिए ।
त्यसको भोलिपल्ट मोर्चाका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मुरारकाकै उद्योगमा तोडफोड गरे ।
मोर्चाका कार्यकर्ताहरुले गार्डरुमको सीसा फुटाएका छन् । सीसीटिभीमा पनि क्षति पुगेको उद्योग प्रशासनले जनाएको छ ।
आन्दोलन कडा
थरुहट र मधेसी मोर्चा मिलेर आन्दोलनलाई कडा पारेका छन् । यसअघि भैरहवा-लुम्विनी सडकखण्डमा पर्यटकका गाडीहरुलाई प्रहरीले स्कोटिङ गरेर सञ्चालन गरे पनि विहीबार भने ठप्प छ । प्रदर्शनकारीले बिभिन्न स्थानमा सडक अबरुद्ध पारेर प्रदर्शन गरिहेका छन् ।
प्रतिक्रिया 4