+
+

प्रधानमन्त्रीले थारु नेतालाई भने- एक दुई दिन हेरौं

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २७ गते १०:५८

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले टीकापुर घटनामा पक्राउ परेका थारु नेताहरुलाई एक दुई दिनमा रिहा गर्ने आश्वासन दिएका छन् ।

Sushil Koirala 5सरकारसँग वार्ताका लागि गठित थारुहरुको वार्ता समितिसँग आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले यस्तो आश्वासन दिएका हुन् ।

‘हामीले आफ्ना सातबुँदे मागहरु प्रधानमन्त्रीलाई राख्यौं, उहाँले एक दुई दिन हेरौं, म प्रयास गर्छु भन्नुभएको छ,’ वार्ता समितिका सदस्य अमनलाल मोदीले अनलाइनखबरसँग भने ।

टीकापुर घटनामा गिरफ्तार गरिएका थारु नेताहरुलाई रिहा गर्न आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको मोदीले बताए । नेताहरुको रिहाइ गर्नेबारे प्रधानमन्त्रीले आश्वासन दिएको उनले बताए ।

थारु नेताहरुले सरकारसँग वार्ताका लागि शनिबार तीन सदस्यीय वार्ता कमिटी गठन गरेका छन् । कमिटीमा राजकुमार लेखी, अमनलाल मोदी र मीनराज चौधरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?