+
+

बोर्डको ‘चलचित्रकर्मी कल्याणकोष’को संयोजकमा झरना थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३० गते ११:३६

फाइल फोटो

नायिका झरना थापालाई चलचित्र विकास बोर्डले लामो समयदेखि रिक्त रहँदै आएको ‘चलचित्रकर्मी कल्याणकोष सञ्चालक समिती’को संयोजक पदको जिम्मा दिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले जारी गरेको विज्ञप्तीमा नायिका थापालाई नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै यो जिम्मेवारी दिइएको हो ।

यस्तै, कलाकार वसुन्धरा भुषाललाई कोषको संरक्षक पदको जिम्मा दिइएको छ । यो कोषले छायांकनको सिलसिलामा दुर्घटनामा परि घाइते भएका चलचित्रकर्मीहरुलाई उपचार खर्च पनि उपलब्ध गराउँदै आएको छ । यो कोषबाट धेरै चलचित्रकर्मी लाभान्वित पनि भैसकेका छन् ।

नेपाल सरकारको तथा विभिन्न चलचित्र सम्बन्धी संघ संस्था र व्यक्तिको सहयोगमा यो कोष संचालन हुँदै आएको छ । यस कोषमा प्राप्त रकमलाई अक्षयकोषमा राखेर यसबाट प्राप्त ब्याजबाट चलचित्रकर्मीहरुलाई आपत्त, विपत्त, विरामी परेको समयमा सहयोग गर्दैै आइएको छ । यो कोषले चलचित्रकर्मीलाई अशक्तवृद्धी पनि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?