३१ भदौ, इलाम । अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान संयुक्त सङ्घर्ष समितिले बिहीबारदेखि गर्ने भनिएको चक्काजाम स्थगित गरेको छ ।
समितिले विज्ञप्ति जारी गर्दै असोज १ गते नेपालीहरूको महान पर्व विश्वकर्मा पूजा परेको र पूजा सेलाउन जान तयारी गर्नुपर्ने भएकाले चक्काजाम स्थगित गरिएको जनाएको छ ।
चक्काजाम स्थगित भएपछि मेची राजमार्गमा पूर्ववत रूपमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन थालेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4