कबिन अधिकारी
१० असोज, काठमाडौं । त्यसै त, सार्वजानिक बिदाको दिन सडकमा सवारीसाधनको चाप कम हुन्थ्यो । त्यसमाथि सरकारले जोर/बिजोर प्रणाली लागू गरेपछि राजधानीका सडक सुनसान देखिने नै भए ।
जोर/बिजोर प्रणाली लागू भएको पहिलो दिन सडकमा सवारी साधन पातलिएको देखियो । सडकमा सवारी साधन पातलिएसँगै यात्रुहरुले भने सास्ती भोगेको पनि देखियो । जोर/बिजोर प्रणालीका कारण यात्रुहरु झुण्डिएर जोखिम यात्रा गर्न बाध्य भएका छन् ।
भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पद्धार्थको आपूर्ति हुन नसकेपछि सरकारले आइतबार बाट अनिश्चतकालका लागि जोर/बिजोर प्रणाली लागू गरेको हो ।
सरकारले सकेसम्म सार्वजनिक सवारी साधन प्रयोग गर्न समेत सबैलाई अपील गरेको छ । आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने गृहमन्त्रालयले जनाएको छ ।
नेपाल आयल निगमसँग अहिले देशभर २१ हजार लिटर पेट्रोलियम पदार्थ छ । जोर विजोर प्रणाली लागू भएपछि अहिले भएको मौज्दातले दुईदेखि तीन सातासम्म पुग्ने बताइएको छ ।
थप फोटोहरू
प्रतिक्रिया 4