+
+

सवारी इन्धनमा कोटा प्रणाली लागू, कसले कति पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते २३:५१

fule Kota Final

१० असोज, काठमाडौं । नेपाल आयल निगमले सबै सवारी साधनलाई कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने भएको छ ।

भारतले तेल आपूर्ति रोकपछि मौज्दात रहेको डिजेल/पेट्रोललाई धेरै दिनसम्म पुर्‍याउनका लागि कोटा प्रणाली लागू गर्ने निर्णय भएको निगमका प्रवक्ता दिपक बरालले अनलाइनखबरलाई जानकारी दिए । कोटा प्रणाली भोलिदेखि लागू हुनेछ ।

उनका अनुसार अब मोटरसाइकलले हप्तामा ३ लिटर मात्रै पेट्रोल पाउनेछन् । यसैगरी चारपांग्रे निजी, सरकारी तथा संस्थानका सवारी साधनले हप्तामा १० लिटर पेट्रोल पाउने बरालले बताए । यस्तै ट्याक्सीले भने जोर-बिजोर प्रणालीमा आफ्नो पालो परेको दिनमा १० लिटर पेट्रोल पाउनेछन् ।

डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ ।

यस्तै मिनिबस तथा स्कुलबसलाई एकदिन बिराएर २० लिटर डिजेल दिइनेछ भने ठूला बसले जोर-बिजोरको आफ्नो पालो परेको दिनमा २० लिटर डिजेल पाउने निगमले जानकारी दिएको छ ।

निगमले तेल दिएपछि सवारीको ब्लु-बुकमा विवरण टिपाउने व्यवस्था गरेको प्रवक्ता बरालले बताए । तेल वितरण हुने पम्पबारे निगमले हरेक दिन आफ्नो वेबसाईटमार्फत जानकारी गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?