+
+

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते २०:१८

११ असोज, काठमाडौं । केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् ।

indian-tv-channelsभारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् ।

केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले अनलाइनखबरसँग भने, ‘चितवन, कास्की र कञ्चनपुरमा बन्द भइसकेको छ ।’

विप्लव माओवादीले पनि हिन्दी च्यानलहरु, चलचित्रहरू र विज्ञापन बन्द गर्न उर्दी जारी गरिसकेको छ । बिभिन्न जिल्लाहरुमा सञ्चालित एफएमहरुले हिन्दी गीत बजाउनसमेत बन्द गरिसकेका छन् ।

नेपालमा अघोषित नाकाबन्दी गरेपछि भारत विरोधी भावना बढ्दै गएको छ । नेपालमा गरेको हस्तक्षेपको भारतीय नागरिकहरुले पनि विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?