+
+

बैद्यको शरणमा बाबुराम !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते ७:२३
फाइल फोटो
फाइल फोटो

१५ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मस्यौदा समितिका सभापति कृष्ण सिटौलालगायत नेता तथा सभासद एकआपसमा बधाई साटासाट गर्दै रात्रिभोजमा सहभागी भइरहेका थिए । तर संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चताप र आत्मग्लानि गर्न आतुर थिए ।

संविधान घोषणालगत्तै संविधानसभा भवनपरिसरमा आतिसवाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई बैद्यको धापासीस्थित निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए । ‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रिभोजमा सहभागी हुन मन लागेन । संविधानसभाबाट बाहिर निस्कनेवित्तिकै तपाईंलाई फोन गरें । फोन लागिहाल्यो अनि म सीधै तपाईंकोमा आएको हुँ,’ भट्टराईले बैद्यसँग भनेको अन्नपूर्ण पोस्टमा खबर छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले वैद्यसँग माओवादी आन्दोलनको समीक्षा भएको बताए । उनले खासै नयाँ कुरा नभएको माओवादी आन्दोलनको समिक्षा भएको, धेरै लामोसमयदेखि भेट नभएकाले भट्टराई आफैंले फोन गरेर बैद्यलाई भेटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?