+
+

बिहार चुनावः मोदीलाई धक्का, नीतिश-लालु गठवन्धनलाई बहुमतको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २२ गते १०:५८

Bihar

२२ कात्तिक काठमाडौं । भारतको बिहार विधानसभा चुनावको मत गणना चलिरहेको छ । र, प्रारम्भिक मत परिणाम अनुसार भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो धक्का खाने संकेत देखिएको छ ।

नीतिशकुमार र लालु यादवको महागठवन्धनले १५० सिटमा अग्रता लिएको छ । यहि अग्रता अन्तिमसम्म कायम रहे बिहारमा उनीहरुकै सरकार बन्नेछ । २४३ सिट भएको विधानसभामा सरकार बनाउन १२२ भए पुग्छ ।

बिजेपी गठवन्धन भने ६५ सिटमा अगाडी छ । सुरुवातमा बिजेपीले अग्रता लिएको थियो । प्रारम्भिक मतगणनामा अग्रता लिएसँगै बीजेपीका कार्यकर्ताले खुसीयाली मनाउन सुरु गरिसकेका थिए ।

तर, यो धेरैबेर टिकेन । तर, अहिले महागठवन्धन अगाडि गएको छ । र, उनीहरुका कार्यकर्ताले खुसीयाली मनाउन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मतगणनाअघि भारतमा धेरैजसो ‘एक्जिट पोल’ले सत्तारुढ भाजपा गठबन्धनले बहुमत ल्याउने आँकलन गरेका थिए । केही सर्वेक्षणले चाँहि नीतिश-लालु गठबन्धनले बहुमत पाउने देखाएका छन् ।

बिहारमा १२ अक्टोबरकाट सुरु भएको पाँच चरणको चुनाव ५ नोभेम्बरमा सकिएको थियो । यो चुनावमा लामलुप्रसाद यादवका दुई भाइ छोरा समेत सहभागी छन् । महा दलित नेता जितन राम माझी दुईवटा सीटमा लडेका छन् ।

बिहारमा ६ करोड ६८ लाख अर्थात् ५६.८० प्रतिशतले मतदानमा भाग लिएका छन् । २७२ महिलासहित ३४ सय ५० उम्मेद्वार उठेका छन् ।
सम्पूर्ण क्षेत्रमा विद्युतीय मतदान भएकाले मतगणना केही घण्टामै सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?