+

फुटबलको महासङ्ग्राम एल क्लासिको, कतातिर, रियल म्याड्रिड कि बार्सिलोना ?

२०७२ मंसिर  ५ गते ९:४९ २०७२ मंसिर ५ गते ९:४९
फुटबलको महासङ्ग्राम एल क्लासिको, कतातिर, रियल म्याड्रिड कि बार्सिलोना ?

Real-Barsa

वसन्त रानाभाट /स्पेन
एल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोना बिच शनिबार हुने खेलले स्पेनमा ठुलै चाडबाड भित्रिएको छनक मिलेको छ । खेल हेर्न करौडौ फुटबल प्रेमी प्रतिक्षारत भई रहेका बेला स्पेनका गल्लीगल्लीमा एल क्लासिको कै चर्चा परिचर्चा  बढेको हो। विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्त शनिबार रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाओमा स्पेन को समय अनुसार साँझ ६. १५ मा हुदैछ ।

लिगाको ११ खेल पछि बार्सिलोना २७ अङ्कका साथ शिर्ष स्थानमा छ। ३ अङ्कले पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको म्याड्रिड खेल हारेको खण्डमा ६ अङ्कले पछि पर्ने हुँदा पनि निकै दवाबमा रहेको छ। घरेलु मैदानमा खेल जितेर टेबलको शिर्ष स्थानमा उक्लने दाउमा म्याड्रिड देखिएको छ।

रोनाल्डो र मेस्सीको चर्चा कम

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको व्यक्तिगत प्रतिस्पर्धालाई उत्तिकै महत्वका साथ हेरिने एल क्लासिकोमा यसपटक दुवै जनाको खासै चर्चा छैन । रोनाल्डोले यस सिजनको शुरुवात देखि नै खासै लयमा खेल्न नसक्नु, उता मेस्सी घाईते हुनुले दुवैको चर्चा कम देखिएको हो।

रोनाल्डोले क्लबका लागि यस सिजनमा लिगा र च्याम्पियन्समा गरी १५ खेलमा १३ गोल गरेका छन्।गोलको अनुपात, राम्रै  नै भए पनि उनले ९ खेलमा भने, गोल गर्न सकेका छैनन्। ६ खेलबाट १३ गोल गरेको भए पनि बाँकी ९ खेलमा गोल नै गर्न नसक्नुले उनी लयमा छैनन् भनी खेल विश्लेषकहरुले बिश्लेषण गरेका हुन्।

रियल म्याड्रिडका नयाँ प्रशिक्षक राफेल बेनेटिजका अनुसार रोनाल्डोले एल क्लासिमा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा बिश्वस्त देखिन्छन्। त्यसो त राफेलको आफ्नो पहिलो एल क्लासिको घरेलु मैदानमा रहेकाले पनि दवाबमा छन्।

यता फिफा बालोन डि’ओर -२०१५ का प्रमुख दाबेदार लियोनल मेस्सी एल क्लासिको बाट नै कमब्याक हुँदै छन्। लस पाल्मासँगको खेलमा घाईते बनेका मेस्सी करिब २ महिना मैदान बाहिर रहे। खेलका लागि मेस्सी तयार भए पनि बार्सिलोनामा प्रशिक्षक लुईस इनरिकेले भनेका छन् ,”शुरु देखि नै खेल मेस्सी खेल्छन् वा खेल्दैनन् त्यो खेल सूरु हुनु भन्दा १ घण्टा अगाडि मात्र थाहा हुने छ। “

मेस्सी बिना पनि लयमा रहेको बार्सिलोनाको टिमलाई इनरिकेले बिगार्ने मोडमा देखिन्नन्। दोस्रो हाफमा मात्र मेस्सीलाई खेलाउँने रणनितीमा  रहेको अनुमान लगाउँन सकिन्छ। त्यसो त फुटबलमा प्राय: खेलाडी घाईते बनी आराम पछि पुन: मैदानमा फर्कदा दोस्रो हाफमा नै खेल्ने अबसर दिने गरिन्छ।

यता ब्राजेलीयन स्टार नेयमार र उरुग्वेका स्ट्राइकर लुईस सवारेज बार्सिलोनाका पछिल्ला खेलहरुमा अत्यन्तै राम्रो प्रदशन गरेकोले पनि  समर्थकहरु धेरै ढुक्क देखिएका छन्।

२२९ औ (अफिसियल) एल क्लासिको

शनिबार हुने क्लासिको दुवै टोली बीचको २३० औं भिडन्त हो । मैत्रीपूर्ण खेल गरि २६२ पटक एक अर्का बीच भिडे पनि अफिसियल रुपमा भने २ सय ३० पटक भिड्दै छन्। ला-लिगाको लागि भने शनिबार १ सय ७१ औ पटक आमान्नेसामान्ने हुँदै छन्।

समग्रमा अफिसियल खेलमा म्याड्रिडले ९२ र बार्सिलोनाले ८९ खेलमा जित हासिल गरेका छन् । ४८ खेल भने बराबरीमा नै सकिएको छ। तर मैत्रीपूर्ण खेललाई पनि  गणना गर्दा २६२ खेलमा बार्सिलोनाले १०८ खेलमा र म्याड्रिडले ९६ खेलमा जित दर्ता गरेको छ। ५८ खेल बराबरीमा सकिएको छ।यस्तै लिगामा मात्र, १७० खेलमा म्याड्रिड ७१ खेलमा बिजयी छ भने बार्सिलोनाले ६७ खेलमा जित दर्ता गराएको छ। ३२ खेल बराबरीमा सकिएको छ।

गत मार्च २३मा, काम्पनाउमा सम्पन्न अन्तिम क्लासिकोमा बार्सिलोना २-१ गोल अन्तरले बिजयी बनेको थियो।अहिलेसम्म क्लासिकोमा मेस्सिले सर्बाधिक २१ गोल गरेका छन्। यता १५ गोल गरेका रोनाल्डोले एल क्लासिको लगातार ६ खेलमा ७ गोल गर्दै रेकर्ड बनाएका छन् । तर उनको लगातार गोल गर्ने सिलसिला सन् २०१२- २०१३ को सिजनमा नै सकिएको छ।

एल क्लासिको ६० करोड दर्शकले हेर्ने अनुमान

विश्वभरबाट ६० करोड दर्शकहरुले यसपटकको एल क्लासिको खेल हेर्ने अनुमान गरिएको छ । खेल हेर्नको लागि म्याड्रिडमा पर्यटकहरुको घुईचो लागेको छ । एल क्लासिको आउँदा स्पेनमा रहेको नेपाली समुदायमा पनि चाडबाड नै भित्रिएको जस्तो उमंग आउने गरेको छ । आ- आफ्नो टिमको लागि सामाजिक संजालहरुमा समर्थन गर्दै जितको कामना गरेका छन्।यसपटक त, फेसबुकबाट आ-आफ्नो टिमको समर्थनमा प्रोफाईल पिक्चर बनाउँन मिल्ने भए पछि झन् कताको समर्थन भन्ने कुरा प्रष्ट देखिएको छ। एल क्लासिकोलाई स्पेनमा मात्र नभई संसारभरबाट फुटबल प्रेमीले बडो चासोका साथ लिने हुँदा पनि झनै रौनकता बढेको छ।

म्याड्रिडको सुरक्षा ब्यबस्था कडा,

आतङ्ककारी आक्रमणमा पेरिसमा १२९ जनाको मृत्यु भएपछि म्याड्रिडको सुरक्षा ब्यबस्था निकै कडा बनाईएको छ। एल क्लासिको खेल भईरहँदा १ हजार भन्दा बढी प्रहरीहरु परिचालन गरिने स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। खेल हेर्न रंगशाला छिर्ने बेलामा पनि कडा सुरक्षा जाँच गरिने भएको छ। गत साता जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल खेल हुँदा राष्ट्रिय रंगशाला बाहिर बिस्फोट भएको थियो। उक्त खेल हेर्न फ्रान्सका राष्ट्रपति अाेलन्ड सहित ८० हजार दर्शकको उपस्थित थिए ।

खेलकोबीचमै बाहिर बिस्फोट भएको अावाज सुनिएको थियो। रंगशाला बाहिर निस्कन नपाएपछि दर्शकहरु मैदानमा प्रवेश गरेका थिए । खेलकै क्रममा पेरिसमा ठुलो घटना भएको हुनाले,पनि म्याड्रिडको सुरक्षा ब्यबस्था निकै कडा बनाईएको हो।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय