१८ मंसिर, काठमाडौं । सरकार, प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज त्रिपक्षीय वार्ता हुने भएको छ ।
मधेसी मोर्चाले अघि सारेको मागमा प्रमुख तीन दलले साझा धारणा बनाएपछि त्रिपक्षीय वार्ता बोलाइएको हो । साँझ ५ बजे वार्ताका लागि खबर आएको मधेसी मोर्चाका वार्ता टोली सदस्य एवं तमसपाका वरिष्ठ नेता रामनरेश रायले जानकारी दिए ।
मधेसी मोर्चासहित त्रिपक्षीय वार्ता अघि प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको बैठक बस्नेछ ।
बालुवाटारमा हुने वार्तामा तीन दलले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमा साझा धारणा दिने बताएका छन् ।
तीन दलले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने समझदारी गरेका छन् । सीमांकनबारे मोर्चाको मागमा भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंगो लगाउने प्रस्ताव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4