+
+

रेजिनादेखि अशिष्मासम्मलाई लाग्यो चुनाव, ‘नमस्ते’ गर्दै भोट माग्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २६ गते १३:२१

rejina-upreti-vote-magdai
सधै एक्सन र कटमा व्यस्त रहने चलचित्र क्षेत्रका महिला कलाकार अहिले भने ‘नमस्कार’ गर्दै भोट माग्नमा व्यस्त देखिएका छन् । चलचित्र कलाकार संघको निर्वाचनमा महिला कलाकारहरुको आकर्षण यस अगाडि यस्तो देखिएको थिएन, जस्तो अहिले देखिएको छ ।

काठमाण्डौको नेपाल पुलिस क्लबमा महिला कलाकारहरु चलचित्र कलाकार संघका सदस्यहरुसँग भोट माग्नमा नै व्यस्त देखिएका छन् । नायिका रेजिना उप्रेती उपाध्यक्ष पदका लागि लड्दैछिन् । उनले चुनावमा भोट माग्दै गरेको दृश्य रोचक थियो । बिहे गरेपछि एकाएक हराएकी रेजिना अहिले उपाध्यक्ष पदमा उम्मेदवारी दिदै आफूलाई सक्रिय बनाउने धुनमा देखिएकी छिन् ।
kabita-khadka
यस्तै, महासचिव पदमा उम्मेदवारी दिएकी सरिता लामिछाने पनि चुनावी अभियानमा व्यस्त देखिइन् । उनलाई कलाकार कृष्ण ढुंगानाले टक्कर दिदैछन् ।

सह-कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी नन्दिता केसीले चुनाव जितिसकेकी छिन् । सदस्य पदमा पनि महिला कलाकारको आकर्षण देखिएको छ । नायिका अशिष्मा नकर्मी भोट माग्नमा ज्यादा सक्रियक देखिएकी थिइन् । उनी पनि ‘नमस्कार’ गर्दै सदस्यहरुसँग भोट माग्नमा नै व्यस्त छिन् । यी बाहेक विमला केसी, जेनी कुँवर, कविता खड्का लगायतका कलाकारले पनि उम्मेदवारी दिएका छन् । ashisma-nakarmi
चलचित्र कलाकार संघलाई सेलिब्रेटीहरुको संस्थाको रुपमा विकास गर्ने अभियान महिला कलाकारहरुको छ । अध्यक्ष पदका लागि भने लय संग्रौला, रामकेशर बोगटी र विशाल बिष्टको उम्मेदवारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?