+

च्याम्पियन्स लिग ड्रः बार्सिलोना र आर्सनल भिड्ने

२०७२ मंसिर  २८ गते १७:१६ २०७२ मंसिर २८ गते १७:१६
च्याम्पियन्स लिग ड्रः बार्सिलोना र आर्सनल भिड्ने

Barca-Vs-Arsenal

२८ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नक आउट भरणमा च्याम्पियन बार्सिलोना र आर्सनल भिड्ने भएका छन् ।

सोमबार स्विट्जरल्याण्डमा नकआउट चरणको ड्र सार्वजनिक भएको छ । जसमा क्लाटलान बार्सिलोनाले इंग्लिस प्रतिद्वन्द्वी आर्सनल पाएको छ ।

२००६ मा बार्सिलोनाले आर्सनललाई नै हराएर उपाधि जितेको थियो । इंग्लिस क्लब आर्सनलले अहिलेसम्म खेलेको फाइनल त्यही हो भने बार्सिलोना पाँच पटकको च्याम्पियन हो ।

उपविजेता युभेन्टस र बार्यन म्युनिख भिड्नेछन् भने चेल्सीले पेरिस सेन्ट जर्मेन प्रतिद्वन्द्वी पाएको छ । चेल्सीले गत सिजन पनि परिस सेन्ट जर्मेनसँग खेलेको थियो, जसमा अवे गोलका आधारमा फ्रासेली च्याम्पियनले बाजी मार्‍यो ।

१० पटकको विजेता स्पवेनिस जाइन्ट रियल मड्रिडले इटालियन क्लब रोमासँग खेल्ने भएको छ । म्यानचेष्टर सिटीले डाइनामो किभ, बेन्फिकाले जेनिट, एथ्लेटिको मडि्रडले पीएसभी र जेन्टले उल्फबर्गसँग खेल्नेछ । 

च्याम्यिपन्स लिगको अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १६-१७ र २३-२४ मा हुनेछ भने दोस्रो लेग ८-९ र १५-१६ मार्चमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय