‘म यस्ताे गीत गाउँछु’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘प्रेमगीत’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र पूजा शर्मा हाबी छन् । यी दुइको प्रेम, रोमान्स र पारिवारिक अवरोधलाई चलचित्रको ट्रेलरमा देखाइएको छ ।
‘प्रेम र गीत’को प्रेम कथालाई मुख्य आधार बनाएर सुदर्शन थापाले चलचित्र बनाएका छन् । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा पनि यसको शिर्ष गीत नै हाबी देखिएको छ ।
माघ २९ गतेबाट यो चलचित्र देशभरका हलमा लाग्दैछ । चलचित्रलाई लिएर अहिले दर्शक र चलचित्र क्षेत्रमा पनि उत्साह देखिएको छ । ‘मेरो एउटा साथी छ’ जस्तो प्रेमकथाको चलचित्र बनाएका सुदर्शन ‘प्रेमगीत’बाट आफ्नो शैली फर्काउने दाउमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4