५ पुस, धनुषा । शिक्षण संस्था बन्द गराउन खोजेको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीको निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झालाई जनकपुर प्रहरीले आइतबार पक्राउ गरेको छ ।
झालाई जनकपुरको क्याम्पस चोकबाट आइतबार विहान प्रहरीले पक्रेको हो । मधेस आन्दोलन सफल नभएसम्म विद्यार्थीहरुबाट शुल्क नलिन गरिएको आग्रह शिक्षण संस्थाहरुले अटेर गरेको भन्दै समाजवादी विद्यार्थी संघका अध्यक्ष झा लगायतका विद्यार्थीहरुले क्याम्पस बन्द गराउन खोजेका थिए । सोही क्रममा तनावको स्थिति सिर्जना भएपछि उनलाई पक्रेको प्रहरीले जनाएको छ ।
आन्दोलनरत मधेस केन्द्रित दलहरुले शिक्षण संस्थाहरु विहानको समयमा खोल्न दिने निर्णय यसअघि नै गरिसकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4