+
+

म्याग्दीमा लुटेराको गोली प्रहारबाट एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते ११:३८

Gun

५ पुस, काठमाडौं । म्याग्दीको दरबाङ-८ दिच्याममा गएराति लुटेराले हानेको गोली लागेर स्थानीय वेगप्रसाद रोका घाइते भएका छन् ।

४० वर्षीय रोकाको दायाँ हातको पाखुरा र ढाडमा गोली लागेको छ । उनको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दिच्यामका जंगबहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट भएको थाहा पाएपछि छिमेकी मिलेर लुटेराको समूहलाई लखेट्ने क्रममा लुटेराले गोली हानेका थिए । लुटेराले जंगबहादुर र चित्रकुमारी पुर्जाको घरबाट एक तोला सुन, दुई तोला चाँदी, नगद सात हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

यसैबीच रौतहटको रामलाल राष्ट्रिय वनमा काठ तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान भएको छ । वन रक्षकले गोली चलाएपछि दुईवटा टायर गाडा र एक हल गोरु छाडेर तस्कर भागेको सहायक वन अधिकृत रामाशंकर यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?