+
+

बाबुरामले मधेसी मोर्चालाई भने-सीमांकन हेरफेर नभई आन्दोलन फिर्ता नलिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते १९:०२

Baburam-Bhattrai

१० पुस, काठमाडौं । नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले प्रदेशको सीमांकन हेरफेर नभएसम्म आन्दोलन फिर्ता नलिन मधेसी मोर्चाका नेताहरुसँग आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह नागरिक समाजका अगुवा र मधेसका केही बुद्धिजीविसहित मोर्चाका नेताहरुको बैठक राखेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रमुख दलहरु सीमांकन हेरफेर गर्नका लागि तयार नभएसम्म आन्दोलन फिर्ता नलिन आग्रह गरे ।

सीमांकन हेरफेरका लागि प्रमुख दलहरुलाई वाध्य तुल्याउन मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन समेत उनले आग्रह गरे । आन्दोलन भएको चार महिना भन्दा बढी भएको र ५० भन्दा बढीको ज्यान जाँदा पनि पमुख दलहरुले आन्दोलनलाई गम्भिरतापूर्वक नलिएको भन्दै उनले उधारो सम्झौता नगर्न सुझाव दिए ।

बैठकमा सहभागी सबैले माग सम्बोधन नभइ आन्दोलन अन्त्य गर्न नहुने बरु आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको संचारकर्मीहरुसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?