+
+

लेखनाथमा धुवाँमा निसासिएर बाबु-छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १२ गते १८:०७

१२ पुस, पोखरा । कास्कीको लेखनाथ नगरपालिका १२ गगनगौंडा बजारमा शनिवार राती धुवाँले निसासिएर दुई बाबु-छोराको ज्यान गएको छ ।

Kaski-Mapअत्यधिक चिसोबाट बच्नको लागि राती बालेको कोइलाको चुलोबाट निस्कीएको धुवाँमा निस्सासिएर गगनगौंडा बजारका ४२ वर्षीय इन्द्रप्रसाद अधिकारी र उनका ८ महिनाको छोरा अनमोल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगलागीमा परि उनकी श्रीमती ३५ वर्षीय सावित्री अधिकारी गम्भीर विरामी भएकी छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

कास्कीको निर्मलपोखरी स्थायी घर भएका अधिकारी केही समय अघि लेखनाथ १२ गगनगौडा बजारमा बसी हात हेराउने पेशा गर्दै आएका थिए ।

शनिबार राती चिसोमा न्यानोका लागि कोइला बाल्दा त्यसबाट निस्किएको धुवँाले कोठामा निस्सासिएर ८ महिनाको छोराको घटनास्थलमा र अधिकारीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको बताइएको छ । उनीहरुको विहान मात्र स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

८ महिनाको बच्चालाई जाडोबाट जोगाउन उनिहरुले न्यानोका लागि कोइलाको प्रयोग गरेको र त्यसबाट कार्पेटसहित जलेर धुँवाले निसासिएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?