+
+

न्यू इयर इभमा दुबईको ६० तल्ले भवनमा आगो लागेपछि

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:१९

Dubai Fireदुवईमा नयाँ वर्षको स्वागतमा आतिशवादी सुरु भएलगत्तै एउटा पाँच तारे होटलमा आगो सल्किएपछि भागदौड मच्चियो । आगलागी भएको होटल आतिसवाजी भएको स्थानबाट पाँच सय यार्ड दुरीमा छ ।

स्थानीय समयअनुसार राति साढे नौ बजेतिर भएको आगलागीका क्रममा ६३ तल्ले बिल्डिङको ४० तल्लासम्म आगोको लप्का पुगेको थियो । अग्लो भवनभित्र रहेका मानिसहरु ज्यान जोगाउन एकअर्काको बुइ चढ्दै तल ओर्लेका थिए ।
Dubai Fire1
घटनामा कम्तिमा ६०जना जलेको तथा थुप्रै व्यक्तिहरुलाई भाग्ने क्रममा चोटपटक लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक व्यक्तिलाई त्रासदीका कारण हार्ट अट्याक भएको थियो । घटनामा अहिलेसम्म कसैको पनि हताहति भएको खबर प्राप्त भएको छैन, जसलाई चमत्कारिक मानिएको छ ।

होटलमा २०० वटा कोठा र ६ सय प्राइभेट अपार्टमेन्टहरु छन् । त्यहाँबाट मानिसहरु विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खालिफामा न्यू इयरको धुमधाम अवलोकन गर्न तल्लिन थिए । अगालागी सुरु हुनासाथ प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएर मानिसहरुलाई बाहिर निकालेको थियो । दमकले ११ बजेतिर आगो निभाउन सफल भएको अधिकारीहरुले जनाएका छन् ।

 

 

Dubai Fire2

Dubai Fire3

Dubai Fire4

Dubai Fire5

Dubai Fire6

Dubai Fire7

Dubai Fire8

Dubai Fire9

Dubai Fire10

Dubai Fire11

Dubai Fire13

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?