+
+

सरकारलाई पूरा अवधि काम गर्न दिनुपर्छ : सुजाता

१७ पुस, नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सुजाता कोइरालाले आन्दोलनको चाबी मधेसी मोर्चासँग नभएको दाबी गरेकी छन् । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्दै आउने चर्चित कुरा दोहोर्‍याउँदै उनले नेपालमा ‘ग्राईण्ड डिजाइन’का कारण स्थिर सरकार र बलिया राजनीतिक दल हुन नसकेको धारणा पनि राखिन्

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:४८

आरपी सुवेदी
१७ पुस, नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सुजाता कोइरालाले आन्दोलनको चाबी मधेसी मोर्चासँग नभएको दाबी गरेकी छन् । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्दै आउने चर्चित कुरा दोहोर्‍याउँदै उनले नेपालमा ‘ग्राईण्ड डिजाइन’का कारण स्थिर सरकार र बलिया राजनीतिक दल हुन नसकेको धारणा पनि राखिन् ।

sujata-Koiralaशुक्रबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले आन्दोलनको मुख्य माग पनि नभएको र आन्दोलनको चाबी पनि मेधसी मोर्चाका नेताहरुसँग नभएको दावी गरिन् । मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग आफ्नो कुरा हुँदा यादवले आफूलाई नै सो कुरा बताएको कोइरालाको दाबी थियो ।

उनले भनिन्, ‘आन्दोलन केका लागि भन्ने कुरा आन्दोलन मै रहेका मधेसी मोर्चाका नेताहरु कन्फ्यूजमा हुनुहुन्छ ।’ उनले नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका मागहरु संविधान संशोधन गरी सम्वोधन गर्ने जानकारीसमेत गराइन् ।

‘सरकारलाई पूरा अवधि काम गर्न दिनुपर्छ’

पूर्व उपप्रधानमन्त्री समेत रहेकी उनले संविधान कार्यान्वयनको लागि बलियो सरकार र बलियो राष्ट्रिय राजनीतिक एकता आवश्यक रहेको बताउदै ‘ग्राईण्ड डिजाईन’ का कारण सरकार बनाउने र गिराउने कार्यमा लाग्नु भन्दा पनि सरकारका राम्रो कामको प्रशंसा र नराम्रा कामको आलोचना गरेर पूरा अवधी काम गर्ने अवसर दिनुपर्ने कुरामा जोड दिइन् ।

उनले भनिन्, ‘कांग्रेसले प्रतिपक्षमा बसेर पनि सकारात्मक कार्य गर्न सक्छ । खासगरी पार्टीको संगठन बलियो बनाउन सक्छ । फेरी पनि सरकार ढालेर सत्तामा जाने प्रयास गर्नु भनेेको राज्यलाई ‘ग्राईण्ड डिजाईन’ को डिजाइनमा पार्नु हो यसले सबैलाई कमजोर बनाउँछ ।’

पार्टी नेतृत्वमा दाबी

पार्टीको १३ औं महाधिवेसनलाई लक्षित गरी जिल्ला दौडाहामा निस्केकी उनले कांग्रेसको नेतृत्व युवा पुस्ताको हातमा हुनुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसले राम्रो कामको सुरुवात गरे पनि पार्टीका नेताहरुको व्यक्तिगत स्वार्थ र गुटगत गतिविधिका कारण कांग्रेस मात्र नभइ देश नै कमजोर बनेको टिप्पणी गरिन् ।

उनले आफ्ना पिता गिरिजाप्रसादले भन्ने गरेको कुरा सम्भदै भनिन्, ‘गिरिजाबाबुले भन्ने गर्नुहुन्थ्यो नेपाली कांग्रेस गाउँमा गाउँले नै बचाएको छ । त्यही कुरा यथार्थ हो पनि । फेरी कांग्रेसले जे बोल्छ त्यो गर्छ तर, आज त्यो हुन सकेको छैन । त्यसैले हालका नेताहरु संरक्षणको भूमिकामा रहेर युवा पुस्तालाई मौका दिनुपर्छ ।’

उनले पार्टी नेतृत्वमा आफ्नोे दावी समेत गरिन् । उनले भनिन्, ‘पार्टीमा रहेको ६४-४० को भागबण्डा र किचलोले पार्टीलाई नै नोक्सान पुर्‍याएको छ । त्यसको अन्त्य हुन आवश्यक छ । त्यसैले आफ्नो पुस्तामा नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता हो ।’

उनले पुनः पार्टी सभापति सुशील कोइरालाको उम्मेदवारी आएमा आफू आफ्ना शुभचिन्तकहरुसँग सल्लाह र छलफल गरी अघि बढ्ने स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?