+
+

बजारमा डिजेलको आपूर्ति दुई गुणाले बढाइयोे

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:५७

AshtaVuja-Petrol-Pump-Chitw१७ पुस, काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा पठाइने डिजेलको परिमाण झण्डै दुई गुणाले बढाएको छ ।

आजदेखि देशभर १६ लाख ५० हजार लिटर डिजेल बजारमा पठाउन थालिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

बजार पठाउने डिजेलको परिमाण बढाउन क्षेत्रीय डिपोहरुलाई पनि भनिएको छ । आज नाकाबन्दीपछिकै सबैभन्दा बढी तेल बजारमा पठाइएको हो ।

बजारमा डिजेलको आपूर्ति बढाएपछि सार्वजनिक र अत्यावश्यक सेवाका सवारीले केही सहज रुपमा तेल पाउनेछन् ।
यसअघि देशभर दैनिक आठदेखि ९ लाख लिटरसम्म मात्र डिजेल बजार पठाइन्थ्यो । पछिल्लो समयमा तलको आयात बढेर मौज्दात वृद्धि हुँदै गएपछि देशभरनै बजारमा डिजेल बढी पठाइएको हो ।

काठमाडौंमा पनि आजदेखि तीन लाख ५० हजार लिटर डिजेल वितरण गर्न सुरु गरिएको छ । यसअघि दैनिक २ लाख लिटर मात्रै डिजेल वितरण गर्ने गरिएको थियो ।

यसअघि दैनिक ३५ देखि ४० वटा पम्पबाट डिजेल बाँड्ने गरिएकोमा आज ५६ वटा पम्पबाटतेल दिइएको छ ।
मौज्दात केही बढाएर पहिलो चरणमा निजी कारलाई अर्को हप्ताभित्रै तेल दिने निगमको योजना छ ।

त्यसपछि नियमित रुपमा निश्चित पम्पहरुबाट निजी सवारीलाई पनि पेट्रोल बााड्न सुरु गरिने प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?