+
+

तीन सय बढी घरमा सौर्य ऊर्जाबाट उज्यालो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १८ गते ११:१९

Solar Pannel१८ पुस, कञ्चनपुर । तीन वर्षअघि गाउँमा पुर्याइएका विद्युत्का पोल गाड्न नपाउँदै थन्क्याइएपछि कञ्चनपुरको पिलरीफाँटाका बासिन्दाले घरघरमा सौर्यऊर्जा जडान गरेका छन् ।

विद्युत्का पोल नगाडिएपछि स्थानीय बासिन्दाले विकल्पका रुपमा सौर्यऊर्जा जडान गरी गाउँलाई उज्यालो पारेका हुन् । बस्तीका ५०० परिवारमध्ये ३०० परिवारले उज्यालोका लागि सौर्यऊर्जा जडान गरेको स्थानीय तिलक जप्रेलले बताए ।

‘अनुदानमा ३ हजार खर्चेर गाउँका सबैजनाले घरघरमा सौर्यऊजा जडान गरेका छन्,’ उनले भने । सौर्यऊर्जा जडान गरेपछि विद्युत् भार कटौतीको समस्या र मोबाइल चार्ज गर्न नजिकैका गाउँमा पैसा तिर्नुपर्ने झन्झट हटेर गएको उनले बताए ।

विगतमा उज्यालोको व्यवस्था नहुँदा बालबालिकालाई रातिका बेला मट्टितेलको बत्ती बालेर पढाउन बाध्य थियौँ जस्मा धामीले भने- बत्तीको धुवाँका कारण बालबालिकामा श्वासप्रश्वासको समस्या बढ्दो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?