+
+

डीसहोममा अब नेपाली चलचित्र, शनिबार ‘बलिदान’ प्रशारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २३ गते १५:४४

dishhome-ma-nepali-film
शनिबारदेखि डीसहोमले आफ्ना ग्राहकहरुका लागि थप रोचक सामाग्रीहरु प्रसारण गर्ने भएको छ । अब, हरेक शनिबार क्लासिक नेपाली चलचित्रहरु डीसहोमका ग्राहकले हेर्न पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली चलचित्र क्षेत्रमा कोशेढुंगाको रुपमा पहिचान बनाउन सफल चलचित्रहरु ‘बलिदान, चिनो, संझना, कुसुमे रुमाल, अन्याय’ लगायतका चलचित्र प्रशारण हुने बताइएको छ । यी चलचित्रहरु च्यानल नम्बर ११४ मा प्रशारण हुनेछन् ।

एउटा चलचित्र दिनको ४ पटक प्रशारण हुने डीसहोमले बताएको छ । यसले लोडसेडिङ भएपनि दर्शकले विजुली आएको समयमा चलचित्र हेर्न पाउनेछन् । आउँदो शनिबार चलचित्र ‘बलिदान’ डीसहोममा हेर्न सकिनेछ । ग्राहकले यी चलचित्र हेर्नका लागि थप रकम  तिर्नुपर्ने छैन । हाइलाइट्स नेपालसँग यो अभियानका लागि डीसहोमले सहकार्य गरेको हो ।

डीसहोमका ग्राहकहरुले यी सिनेमा हेर्नका लागि थप शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।  आफ्नो नियमित प्याकेज रिचार्ज गरेका ग्राहकहरुले यी सिनेमाहरु नियमित रुपमा अरु च्यानल सरह हेर्न पाउने छन् । डीसहोमले यस योजनाका लागि हाइलाइट्स नेपाल प्रा.लि.सँग सहकार्य गरेको छ ।

‘हामी ग्राहकहरुलाई नियमित रुपमा नयाँ-नयाँ सामाग्री प्रसारण गरिरहेका हुन्छौ । हाम्रा ग्राहकहरुको सुझाव अनुसार नै यस्ता मौलिक चलचित्र प्रसारण गर्ने निर्णयमा पुगेका हौं’-कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?