+
+

धारिलो हतियार प्रहार गरी युवकको हत्या

३० पुस, दाङ । दाङमा अपरिचित व्यक्तिहरुको धारिलो हतियार प्रहारवाट एक युवकको ज्यान भएको छ । अन्य तीनजना घाईते भएका छन । बुधबार राति तुलसीपुर नगरपालिका ११ बटलपुरमा सोहि ठाँउका २५ वर्षका सिर्जन चौधरीसहित उनका साथीहरुलाई ५/६ जनाको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते ८:२७

दशरथ घिमिरे

Dang-Map३० पुस, दाङ । दाङमा अपरिचित व्यक्तिहरुको धारिलो हतियार प्रहारवाट एक युवकको ज्यान भएको छ । अन्य तीनजना घाईते भएका छन । बुधबार राति तुलसीपुर नगरपालिका ११ बटलपुरमा सोहि ठाँउका २५ वर्षका सिर्जन चौधरीसहित उनका साथीहरुलाई ५/६ जनाको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हतियार प्रहारवाट गम्भिर घाईते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घर ढलान सम्बन्धी मजदुरी काम गर्दै आएका चौधरीसहित उनका साथीहरुमाथि धारिलो हतियार प्रहार गर्ने व्यक्तिहरुको पहिचान नभएको प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको अहिले कोहलपुरमा उपचार भईरहेको छ । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?