+
+

दातालाई बोलाएर प्रधानमन्त्रीले भने- फेरि सहयोग चाहियो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १३:३६

KP OLi

३० पुस, काठमाडौं । सरकारले अन्तराष्ट्रिय समुदायलाई भूकम्प पछिको पुनर्निर्माण महाअभियान माघ २ गतेदेखि सुरु हुने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर सहयोगका लागि आग्रह गरेका हुन् ।

उनले माघ २ गतेदेखि रानीपोखरी र बुङमतीबाट पुनर्निर्माण महाअभियान सुरु गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले लिखित मन्तव्य राख्दै भूकम्प प्रभावित जिल्लाहरुमा तत्कालका लागि अत्यावश्यक सामाग्री पुर्‍याइने र भौतिक संरचनाहरु निर्माणको काम सुरु गर्ने बताए ।

भूकम्प लगत्तै नेपाल सरकारले आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सहभागी भइ सहयोगको प्रतिबद्धता जनाउनेहरु सबैलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए । नेपालको विकासका लागि फेरि पनि अन्तराष्ट्रिय समुदायको सहयोग आवश्यक परेको भन्दै ओलीले थप सहयोग पाउने अपेक्षा नेपाल सरकारले गरेको बताए ।

संविधान जारी भएपछि असन्तुष्ट पक्षले आन्दोलन जारी राख्दा देश अशान्त भएको, सोही अशान्तिका कारण सीमामा अवरोध भएपछि इन्धन आपूर्तिमा समस्या भएको र यसले पुनर्निर्माणको कामसमेत ढिलाइ भएको ओलीले बताए । तर, अब असन्तुष्ट दलहरुसँग छलफल गरी समस्या समाधानको नजिक पुगेको भन्दै ओलीले अब पुनर्निर्माणको कामले पनि गति लिने बताए ।

बालुवाटारमा नेपालस्थित सबै कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?