+
+

हत्या अभियोगमा दाङमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १४:१६

३० पुस, दाङ । धारिलो हतियार प्रहारबाट एकजनाको हत्या भएको घटनामा संलग्न भएको अभियोगमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Dang-Mapतुलसीपुर बजारमा घर ढलानको काम गरेर घर फर्किँदै गरेका ५ जना युवामाथि गएराति तुलसीपुर ११ बटलपुरमा आक्रमण भएको थियो । धारिलो हतियारको आक्रमणबाट गम्भीर घाइते भएका बटवलपुरका २५ वर्षीय श्रीजन चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु र ४ जना घाइते भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी कृष्ण प्रसाइँले जानकारी दिए । पक्राउ परेकाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

आक्रमणबाट २५ वर्षीय बिजय चौधरी, ३५ वर्षीय गोपीलाल चौधरी, २२ वर्षीय गौरव चौधरी र १८ वर्षीय कविराम चौधरी आक्रमणबाट घाइते भएका छन् । घाइतेमध्ये गौरव चौधरीको राप्ती अञ्चल अस्पताल र अन्य ३ जनाको कोइलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?