+
+

नेपालमा विस्तार हुँदै मोन्टे कार्लो, दरबारमार्गमा खुल्यो नयाँ सोरुम

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १४:१३

IMG_0255

३० पुस, काठमाडौं । प्रख्यात फ्रान्सेली फेसन ब्रान्ड ‘मोन्टे कार्लो’को भव्य शो-रुम दरबारमार्गमा खुलेको छ । टाइम स्क्वायर मलमा रहेको ‘आउटलेट’ केही दिन अघिबाट सञ्चालनमा आएको हो ।

यो सँगै काठमाण्डौमा ‘मोन्टे कार्लो’को आउटलेट दुई पुगेका छन् । करिव ६ वर्षअघि सिभिल मलमा पहिलो आउटलेट खुलेको थियो । नेपालमा जम्बो क्रियसन एण्ड फेसनले ‘मोन्टे कार्लो’का उत्पादन बिक्री गर्दै आएको छ ।

विश्वभर ख्याती कमाएको फेसन ब्रान्ड मोन्टे कार्लो नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । अहिले मोन्टे कार्लोका नियमित ग्राहकहरु ३ हजार ५ सय नाघिसकेको म्यानेजर निस्सी शर्माले बताउँछिन् ।

कम्पनीले एकपटक मोन्टे कार्लोका कुनै पनि कपडा खरिद गर्ने ग्राहकलाई प्रिभिलेज कार्ड वितरण गर्दै आएको छ । पि्रभिलेज कार्ड लिएका ग्राहकले १० प्रतिशत छुट पाउने शर्माले जानकारी दिइन् ।

IMG_0266

उनीका स्वीटरमा मोन्टेकार्लो प्रख्यात मानिन्छ । मान्टे कार्लोका स्वीटरमा शत् प्रतिशत उलन प्रयोग गरिने शर्मा बताउँछिन् । दरबारमार्ग शो-रुममा पनि उलन स्वीटरले ग्राहकको ध्यान तानेको देखिन्छ ।

के-के पाइन्छ ?

शो-रुममा महिला तथा पुरुषका पहिरनहरु राखिएको छ । पुरुषका लागि विभिन्न डिजाइनको स्वेटर पाइन्छ । राउन्ड, भी सेप, टि नेक, हाफ एन्ड फुल जिपर, हाफ एन्ड फुल बटन स्वेटर रहेको शर्माले बताइन् ।

यसैगरी पुरुषका लागि ट्रयाकसुट, ट्राउजर, कोट, जिन्स पाइन्ट, ज्याकेट, हुड, जम्पर, र्फमल पाइन्ट, टिसर्ट लगायत रहेका छन् ।

महिलाका लागि कुर्ती, कुर्ती सेट, ट्रयाकसुट, ज्याकेट, लङकोट, हुड, फुल स्लिप टिसर्ट, जम्पर, स्वेटर, लेगिन्स लगायतका कपडाहरु रहेको शर्माले जानकारी दिइन ।

मान्टे कार्लोका यी सबै कपडाहरु भारतको लुदियानामा रहेको उद्योगबाट आयात गरिँदै आएको छ । वर्षमा दुई पटक लुदियाना पुगेर कपडा बुकिङ गरेर ल्याउने गरेको शर्माले सुनाइन ।

IMG_0297
शो-रूम म्यानेजर निस्सी शर्मा ।

यी हुन ग्राहक

नेपालमा मोन्टे कार्लोका ग्राहक मध्यम तथा उच्च वर्गका हुने गरेका छन् । न्यूनतम ११ सय रुपैयाँदेखि २२ हजार रुपैयाँसम्मका लुगाहरु शो-रुममा रहेका छन् । ब्रान्डप्रति सजग रहेका ग्राहकहरु मोन्टे कार्लो खोज्दै आउने गरेको शर्माको अनुभव छ ।

‘मध्यम बर्गले आफ्नो बजेट हेर्छन, उच्च वर्गले कपडा मन पर्‍यो भने एकैपटक २/४ वटासम्म लैजान्छन्’ शर्माले भनिन्- ‘एक पटक मोन्टे कार्लोका लुगाहरु लगाउने ग्राहक फर्किएर आउने गरेका छन् ।

शो-रुममा ३५ सयदेखि ९ हजार सम्मका स्वेटर रहेका छन् । त्यस्तै, ज्याकेट ५ हजारदेखि ९ हजारसम्म, कुर्ती ३५ सयदेखि ५ हजारसम्म, हुटहरु ३ हजारदेखि ५ हजारसम्मका छन् ।

यसैगरी पाइन्ट २८ सयदेखि ४ हजारसम्म, टिसर्ट २ हजार ३५ सयसम्म, लङकोट ८ हजारदेखि १५ हजारसम्म, लेगेन्स ११ सयदेखि १२ हजारसम्म, जेगेन्स २१ सयदेखि २२ हजारसम्म, ट्रयाकसुट ५ हजारसम्मका रहेको शर्माले बताइन् ।

फिक्स प्राइस

शो-रुममा फिक्स प्राइस भएको हुँदा ग्राहकलाई बार्गेनिङ गरिरहनु पर्दैन । ‘ग्राहकले चित्त नबुझेमा बार्गेनिङ गर्ने हुन्, हामीले बार्गेनिङ गर्ने ठाउँ नै दिएका छैनौं’ शर्माले भनिन्- ‘हामीले प्रिभिलेज कार्ड भएका ग्राहकलाई १० प्रतिशत छुट दिन्छौं ।’ एकपटक सपिङ गरेपछि कम्पनीले प्रिभिलेज कार्ड दिने गरेको छ । अहिलेसम्म ३ हजार ५ सयले प्रिभिलेज कार्ड पाइसकेका छन् ।

IMG_0278

मोन्टे कार्लोका लुगाहरु गुणस्तरीय हुने गरेका छन् । लुगाहरु तन्किने, खुम्चिने, भुवा आउने, रङ जाने लगायतका समस्या नभएको शर्माको दाबी छ ।

कम्पनीले नेपालमा मोन्टे कार्लोका समर र विन्टर लुगाहरु ल्याउने गरेको छ । त्यसमाथि विन्टरमा लगाउने न्यानो लुगाहरुको परिमाण धेरै हुने शर्माले जानकारी दिइन ।

मोन्टे कार्लोलाई सुरुमा नेपालमा स्थापित गर्नका लागि निकै संघर्ष गर्नुपर्‍यो । केही ग्राहक बाहेक अधिकांश ग्राहकलाई सम्झाई बुझाई ब्रान्डप्रति आकषिर्त गरेको शर्माले बताइन । ‘ग्राहकले महंगो भएपछि ग्यारेन्टी/वारेन्टी खोज्थे । हामीले कन्भिन्स गथ्र्यौं’ उनले भनिन्- ‘कतिपयलाई साइटमा देखाएर पनि सम्झाउने प्रयास गरियो ।’

ती ग्राहकहरु अहिले मोन्टे कार्लोका नियमित ग्राहक भएका छन् ।

IMG_0245 IMG_0249 IMG_0300 IMG_0310 IMG_0312 IMG_0323

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?