+
+

समोसालाई विलासी बस्तु भन्दै विहार सरकारले लगायो ट्याक्स

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १४:२२

samosa2३० पुस, काठमाडौं । बिहार सरकारले समोसा, कचौडी र निमकीलाई विलासिताको वस्तुको सुचीमा राखेर ट्याक्स लगाइदिएको छ । मुख्यमन्त्री नीतीशकुमारको अध्यक्षतामा मंगलबार भएको क्याविनेट वैठकले यो निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार समोसा, कचौडी, निमकी भुजिया, आलूचिप्स, नुनीलो काजू र ५ सय रुपैयाँभन्दा बढी मूल्यका मिठाईलाई अब १३.५ प्रतिशत कर लाग्नेछ । यसअघिसम्म समेासा, निम्कि र कचौडीमा कर लाग्दैनथ्यो । काँचो मेवा, प्याकिङको चनाचुर, भुजिया, दालमोठ, चिप्स र नूनीलो मुमफली जस्ता खाद्य सामग्रीमा पनि करको दर ५ प्रतिशतबाट बढाएर १३.५ प्रतिशत पुर्‍याइएको छ ।

यसका अतिरिक्त दुई हजार वा सोभन्दा बढि मूल्यका सारी तथा ५ सय रुपैयाँ प्रतिमीटर मूल्इका कपडामा पाँच प्रतिशत कर लाग्ने भएको छ । सरकारले यसका लागि विहारको कर नियमावलीमा परिमार्जन गरेको छ । सरकारले आउँदो १ अपि्रलदेखि मदिरामा प्रतिवन्ध लगाउन आँटेकाले त्यसबाट हुने राजश्व घाटा पूर्ति गर्न यस्तो निर्णय लिएको हुन सक्ने विविसीले जनाएको छ । बिहार सरकारले मध्यम तथा उच्च वर्षले उपयोग गर्ने वस्तुहरु, लामखुट्टे मार्ने औषधी, सौन्दर्य प्रसाधन, कपडा, बिजुलीका सामान, कम्प्युटर, अटो पाट्र्स, रेत आदि सामग्रीहरुको पनि ट्याक्स बढाएको छ ।

राज्यका मुख्यविपक्षि दल भारतीय जनता पार्टीका वरिष्ठ नेता नन्दकिशोर यादवले सरकारको यो निर्णयले ‘रोटी, कपडा र मकान’ सबैलाई महंगो बनाइदिएको भन्दै आलोचना गरेका छन् । नीतीषले चुनाव लड्दा जनतासित गरेका प्रतिवद्धताहरुको ठीक विपरित सरकार सञ्चालन गरिरहेको उनको आरोप छ ।

‘अब आम मान्छेले थप महंगीको भार बोक्नुपर्ने भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?