३ माघ, झापा । पसलमा चोरी गरेको भन्दै झापामा एक वृद्धाले १० वर्षे बालकलाई खुकुरी प्रहार गरेकी छन् ।
कन्काई माइमेलामा आफ्नो पसलमा चोरी गरेको भन्दै ८० वर्षकी वृद्धा अम्बरभक्ति लिम्बुले १० वर्षका बालकलाई खुकुरी प्रहार गरेकी हुन । बृद्धा पाँचथर घर भइ दुई वर्षदेखि कोटीहोमको मन्दिरमा बस्दै आएकी छिन् ।
घाइते बालकको चिन्ताजनक अवस्थामा विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने लिम्बूलाई इलाका प्रहरी कार्यालय, विर्तामोडमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4