+
+

नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पायो

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २५ गते १९:३४

Nepal-Cricket-team-2

२५ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सुपर लिगको प्ले अफ सेमिफाइनलमा पाकिस्तान प्रतिद्वन्द्वी पाएको छ ।

विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । भारतले श्रीलंका र बंगलादेशले वेष्ट इण्डिज प्रतिद्वन्द्वी पाएको छ ।

यससँगै पाँचौं स्थानका लागि प्ले आफ सेमिफाइनलको ड्र समेत सार्वजनिक भएको छ । सुपर लिगको प्ले अफमा नेपाल र पाकिस्तान तथा नामिबिया र इंग्ल्याण्ड भिड्नेछन् । नेपाल र पाकिस्तानको खेल फतुल्लाहमा भोलि मंगलबार हुनेछ ।

सुपर लिगको प्ले अफ सेमिफाइनलमा विजेता दुई टीमले पाँचौं स्थानका लागि खेल्नेछन् भने पराजित हुने टीमले सातौं र आठौं स्थानका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?