२७ माघ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड र रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेेेेलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार क्लियरिङ हाउसले आइएमईलाई अप्रत्यक्ष सदस्यका रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवाका लागि प्रणाली दिनेछ ।
रेमिट्यान्स कम्पनीले प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका कुनै पनि खातामा सिधा भुक्तानी दिन रेमिटेन्स र ग्राहकको रकम स्थानान्तरण लगायतका कारोबार सञ्चालन गर्न सक्नेछन् ।
प्रणाली मार्फतहुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार सहजै गर्न सकिने, जोखिम न्यून हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु ग्राहकले पाउनेछन् । प्रणालीमा ५ बैंक तथा वित्तीय संस्था र २ रेमिट कम्पनी आवद्ध भइसकेका छन् ।
प्रतिक्रिया 4