+

नेपालले भारतलाई उसकै घरमा हरायो, २३ वर्षपछि साग फुटबलमा स्वर्ण

२०७२ फागुन  ३ गते २१:०८ २०७२ फागुन ३ गते २१:०८
नेपालले भारतलाई उसकै घरमा हरायो, २३ वर्षपछि साग फुटबलमा स्वर्ण

Nepal-Football

३ फागुन, भारत । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ ।

सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो ।

यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन ।

सोमबार खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो ।

त्यसअघि भारतका कुमाम उदान्तले ११ मिनेटमै गोल गरेपनि रेफ्रीले अफसाइड दिए । २८ मिनेटमा हलिचरण नर्जरीको क्रसमा उदान्त गोल गर्न चुके । उनले गरेको हेडर पोलभन्दा केही माथिबाट गएको थियो ।

पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब समेत दिएको थियो । तर, दोस्रो हाफमा नेपाल आफ्नो लयमा फर्कियो । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फि्र किकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

लगतै विमल घर्तिमगर वान भर्सेज वानमा चुके भने बोउन्स भएको बलमा नेपालले गरेको प्रहार भारतीय खेलाडीले गोललाइनबाट बचाए ।

खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २-१ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ ।

Gold

नेपालले स्वर्ण जित्दा राजुकाजीका तीन संयोग

नेपालले सोमबार भारतलाई हराएर साग गेम्सको फुटबलमा स्वर्ण जित्यो । सागमा नेपालको अहिलेसम्म गरेर ३ पटक स्वर्ण जितेको छ र यी तीनै जीतमा राजुकाजी शाक्यको महत्वपूर्ण योगदान छ ।

पहिलो स्वर्ण सन् १९८४ मा जित्दा राजुकाजी टोलीका सदस्य थिए । १९९३ मा जित्दा उनी टिमका क्याप्टेन थिए । अहिले यस वर्ष उनी कोचका रुपमा रहेका छन् ।

जितपछि प्रशिक्षक शाक्यले दोश्रो हाफमा रणनीति परिवर्तन गरेपछि जित निस्केको बताए । उनले भारतले गरेको पहिलो गोल आफ्ना डिफेन्डरको कमजोरीले गोल भएको समेत बताएका छन् ।

दोश्रो हाफमा सर्ट पास खेलेर आफूहरुले जित निकाल्न सफल भएको र खेलाडीले पनि राम्रो खेलेको बताए । उनले जितले आफू अत्यन्त खुशी भएको बताउादै यो जित नेपाली जनतामा समर्पण गरेको बताए ।

क्याप्टेन विराज महर्जनले पनि रणनीति परिवर्तन नै जितको खुडि्कलो भएको बताए । साथै उनले टिमवर्कको परिणाम जित भएको बताउँदै फ्रिकिक नै खेलको टर्निङ प्वाइन्ट भएको उल्लेख गरे ।

भारतका प्रशिक्षक लि अलान जोनसनले आफू हारबाट निराश भएको प्रतिक्रिया दिए । उनले फ्रिकिक अविश्वसनीय भएको भन्दै उनले त्यसले नै खेलमा नयाँ मोड लिादा हार्नुपरेको बताए ।

भारतीय भूमिमा नेपालको समर्थनमा हुटिङ

नेपालले भारतबिरुद्ध उसकै मैदानमा प्रतिष्पर्धा गरिरहेको थियो । तर, आयोजक भारतबिरुद्ध खेल्दा नेपाललाई उल्लेख्य समर्थन र हुटिङ भयो ।

नेपालका खेलाडीको खुट्टामा बल पर्ने वित्तिकै नेपालको पक्षमा हजारौं दर्शकले समर्थन स्वरुप हुटिङ गरेको देखियो । जसका कारण नेपाली खेलाडीले उच्च मनोवलका साथ प्रदर्शन पनि गरे । नेपालको समर्थनमा हुटिङ गर्न नेपाल घर भइ भारत बस्ने नेपालीहरु र आसाम, गुवाहाटी, सिलोङ लगायतका ठाउामा बस्ने नेपाली भाषी उल्लेख्य रुपमा रंगशाला पुगेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय