+
+

१८ मिनेटमा जोमसोम पुग्नुपर्ने विमान १३ मिनेटमा सम्पर्कविच्छेद

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १२ गते १३:३२

१२ फागुन, पोखरा । नागरिक उड्डयन कार्यालय जोमसोमका अनुसार पोखराबाट उडेको विमान जोमसोम विमानस्थलमा उत्रनुपर्ने समय १८ देखि २० मीनेट हो ।

बुधबार बिहान ७ः५७ बजे पोखराबाट उडेको तारा एयरको विमान यो हिसाबले जोमसोममा ल्याण्ड हुनुपर्ने समय ८ बजेर १५ वा १७ मिनेट हो । तर, ८ बजेर १० मिनेट जाँदा विमान सम्पर्कविहीन भयो । अर्थात, जोमसोममा ल्याण्ड हुनुभन्दा पाँचमिनेट अगाडि विमान हरायो ।

जोमसोम नागरिक उड्डन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर खत्रीका अनुसार विमान ल्याण्ड हुनुपर्ने समय कटेको पाँच मिनेट नबित्दै खोजीका लागि सेनाको हेलीकोप्टर प्रयोग गरिएको छ ।

Jomsamकास्की र मुस्ताङको वीचमा म्याग्दी जिल्ला पर्छ । मुस्ताङ निस्कनुअघि अप्ठ्यारो पहाडी खोंच रहेको छ । खोंच कटेर मुस्ताङ लागेपछि समथर भूभाग आउँछ । हिमाल पारिको जिल्ला भएकाले जोमसोम पुग्न हिमाल  खोंच र हिमाल कटेर जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?