+
+

सुनसरी–मोरङका उद्योगधन्दा तङ्ग्रिँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १३ गते १०:४९

nepal-industry१३ फागुन, मोरङ। लामो समयदेखि बन्द, हडताल र नाकाबन्दीको मार खेपेका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगधन्दा तङ्ग्रिन थालेको उद्योगीले बताएका छन् ।

मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराका अनुसार कच्चा पदार्थ र इन्धन आपूर्ति सहज नबन्दा उद्योगहरु पहिलेकै अवस्थामा सञ्चालन हुन केही समय लाग्नेछ ।

बोहराका अनुसार लामो समयको बन्द र हडतालले उद्योगी कच्चा पदार्थ र व्यापारिक सामान आयात गर्न हिच्किचाइरहेका छन् ।

नाकाबन्दी र हडताल भर्खर खुले पनि उद्योग व्यापारको काम सहज हुन अझै केही समय लाग्ने बोहराको भनाइ छ ।

उद्योग सङ्घ मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार अझै इन्धनको आपूर्ति सहज भइनसकेका कारण उद्योग व्यवसाय पहिलेको अवस्थामा फर्किन समय लाग्नेछ । बन्द र नाकाबन्दीले आर्थिक क्षति भएकाले उद्योगी पलायन हुने डर पैदा भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?