+

मड्रिड डर्बीमा एथ्लेटिको विजयी, रियल उपाधि होडबाट बाहिरियो

२०७२ फागुन  १६ गते ८:५८ २०७२ फागुन १६ गते ८:५८
मड्रिड डर्बीमा एथ्लेटिको विजयी, रियल उपाधि होडबाट बाहिरियो

Ronaldo

१६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ । र, यो हारसँगै रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।

शनिबार राति भएको मड्रिड डर्बी भिडन्तमा एथ्लेटिकोले रियललाई १-० गोल अन्तरले पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टिएगो बर्नाबाउमा भएको खेलमा एथ्लेटिको मड्रिड लागि ५३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले विजयी गोल गरेका थिए ।

Atletico Madrid

हारसँगै रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ९ अंकले पछाडि परेको छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । यदि उसले सेभिल्लासँगको खेल जित्ने हो भने रियल मड्रिड १२ अंकले पछि पर्नेछ र लिगमा दुबैले १२-१२ खेल मात्र खेल्न बाँकी रहनेछ । जिनेदान जिदानले क्लबको प्रशिक्षक पद सम्हाल्दा रियल मड्रिड बार्सिलोना भन्दा मात्र २ अंकले पछाडि थियो ।

एथ्लेटिको मड्रिड भने ला लिगामा रियल मड्रिडलाई उसकै घरेलु मैदानमा लगातार तीन पटक हराउने पहिलो क्लब बनेको छ । यो हारसँगै रियलका समर्थकले क्लब अध्यक्षको राजीनामा मागेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय