+
+

भीमदत्त पन्त र कप्तान यज्ञबहादुरसहित २२ सहिद थपिए (सूचीसहित)

१९ फागुन, काठमाडौं । सरकारले निरंकुश व्यवस्थामा मारिएका दुई दर्जन व्यक्तिलाई सहिद घोषणा गरेको छ । साथै छिन्ताङ काण्ड र टिम्बुरबोटे काण्डका बारेमा छानविन गर्न ५ मन्त्री सम्मिलित कार्यदलसमेत बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १९ गते १९:०२

रमेश धमला

१९ फागुन, काठमाडौं । सरकारले निरंकुश व्यवस्थामा मारिएका दुई दर्जन व्यक्तिलाई सहिद घोषणा गरेको छ । साथै छिन्ताङ काण्ड र टिम्बुरबोटे काण्डका बारेमा छानविन गर्न ५ मन्त्री सम्मिलित कार्यदलसमेत बनेको छ ।

Bhim-dutta-Pantबुधबार बसेको मन्त्रिपरिषद बैठकले निरंकुश व्यवस्थामा हत्या गरिएका २२ जनालाई सहिदको सूचीमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले बताए ।

सरकारले शहिद घोषणा गरेका मृतकहरुमा कांग्रेस र एमालेले पहिल्यै सहिद घोषणा गरेका व्यक्तिसमेत छन् । यसमा झापा काण्डका सहिददेखि टिम्बुरबोटे काण्ड र तत्कालीन राजालाई बम हान्ने आरोपमा मृत्युदण्ड पाएकाहरुसमेत छन् ।

सुदुर पश्चिमका पुराना किसान नेता भीमदत्त पन्तलाई पनि सरकारले औपचारिकरुपमा सहिदको मान्यता दिएको छ ।

क-कसले पाए सहिदको मान्यता ?

सहिदको मान्यता पाउनेहरुमा भीमदत्त पन्त (डडेलधुरा), दुर्गानन्द झा (धनुषा),रत्नबहादुर बान्तवा (इलाम), ऋषि देवकोटा आजाद (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), भीमनारायण श्रेष्ठ (धनकुटा) सूर्यनाथ यादव (सिराहा), हरी नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (संखुवासभा) र चन्द्र डांगी (झापा) छन् ।

त्यसैगरी नेत्र घिमिरे (झापा), रामनाथ दाहाल (झापा), वीरेन्द्र राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), लाई पनि सहिद घोषणा गरिएको छ ।

त्यसैगरी राम उपाध्याय (सिराहा), लक्ष्मण उपाध्याय (सिराहा), लीलानाथ दाहाल (ओखलढुंगा), ठगीनाथ दाहाल (ओखलढुंगा), खगेन्द्रराज दाहाल (ओखलढुंगा), गोकर्णबहादुर कार्की (ओखलढुंगा) र शमशेरबहादुर खत्री (गुल्मी) लाई पनि सरकारले सहिदको मान्यता दिएको छ ।

छिन्ताङ र टिम्बुरबोटेको थप छानविन हुने

त्यसैगरी मन्त्रिपरिषद बैठकले धनकुटाको छिन्ताङ र ओखलढुंगाको टिम्बुरबोटेमा पञ्चायती सरकारद्वारा मारिएका र बेपत्ता पारिएकाहरुबाट सरकारले अध्ययन गर्ने भएको छ । यसका लागि उपप्रधान तथा रक्षामन्त्री भीम रावलको संयोजकत्वमा एक कमिटी गठन गरिएको छ ।

Chintang-kandaकमिटीमा उपप्रधानमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत, सिञ्चाइमन्त्री उमेश यादव र भूमिसुधारमन्त्री रामकुमार सुब्बा रहेका छन् ।

धनकुटाको छिन्ताङमा तत्कालीन नेकपा मालेका कार्यकर्ताहरु प्रहरीद्वारा मारिएका थिए भने टिम्मुरबोटे काण्डमा कांग्रेसका कप्तान यज्ञबहादुर थापा लगायतको समूहलाई पक्राउपछि हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?