+
+

बलिउडका ‘वादशाह’ होली खेल्न नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २५ गते ११:३०

badshah
बलिउडका चर्चित र्‍यापर तथा पाश्र्व गायक बादशाह आउँदो फागू पूणिर्मामा काठमाण्डौ आउने भएका छन् । उनले यस पटक आफ्ना फ्यानहरुसँग रङ खेल्दै उनीहरुलाई नचाउने भएका हुन् ।

नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सह-आयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाली प्रशंसक माझ प्रस्तुत हुने भएका छन् ।

‘डिजेबाले बाबु, अभि तो पार्टी सुरु हुई हे, अक्कड बक्कड बम्बे बो, आज रातका सिन बनाले’  जस्टा हिट गीतका गायक वादशाहले नेपाली दर्शकलाई नचाउने भएका छन् । उनी चैत्र ९ गते नेपाल आउन लागेको जानकारी आयोजकले दिएको छ ।  बिहान १० बजेदेखि बेलुका ४ सम्म ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्ट आयोजना गरिने आयोजक नासिर हुसेनले जानकारी गराए ।

कार्यक्रममा सहभागी हुनका लागि ३ हजार रुपैयाँ मूल्यको भीआइपी टिकट र एक हजार रुपैयाँको प्लाटिनियम टिकटको व्यबस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?