+
+

सांसद ल्ह्यारक्याल लामालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ५ गते १५:२७

Larkyal-lama

५ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एमाओवादी सांसद ल्ह्यारक्याल लामालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीले लामालाई प्रशासनमा उपस्थित गराएको थियो । यसअघि अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो । प्रहरीले ५ दिन समय मागेको थियो । तर, प्रशाननले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानविन गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखामा रहेको लामाको लकरमा १४ थान गोली भेटिएको थियो ।

लगतै अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?