५ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एमाओवादी सांसद ल्ह्यारक्याल लामालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले लामालाई प्रशासनमा उपस्थित गराएको थियो । यसअघि अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो । प्रहरीले ५ दिन समय मागेको थियो । तर, प्रशाननले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानविन गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखामा रहेको लामाको लकरमा १४ थान गोली भेटिएको थियो ।
लगतै अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4