+
+

राजकुमार ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १० गते १४:२३

Greater-Nepal-Map to Prince Harry by

१० चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा ‘उपहार’ दिइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लैनचौरस्थित बेलायती दूतावासमा पुगेर नक्सा बुझाएको हो ।

बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाको प्रतिनिधिमण्डलले १० बुँदे ज्ञापनपत्रसहित ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको थियो । नक्साप्रति एलिसनले जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकाले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताए ।

डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने जवाफ दिएकी थिइन् । उनले एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?