+
+

अष्ट्रेलियामा एम बरालको सांगितिक प्रस्तुती हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १५ गते १९:२३

 yam-baralराजन घिमिरे

सिड्नी । बादलुको घुम्टोले इलाम बजार छोपिंदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झँदा ….. गायक एम बरालले करिब २० बर्ष अगाडि रेकर्ड गरेको यो गीत आज पनि उत्तीकै लोकप्रिय छ । एमलाई यही गीतले नै नेपाली सागितीक क्षेत्रमा चिनाएको हो ।

त्यसपछि गाउन त उनले धेरै गीत गाए तर आज सम्म एमलाई सम्झाई रहने यो गीत मुख्य गीतमा पर्दछ । यही चर्चित गीत अब अष्ट्रेलियामा रहनु भएका नेपालीहरूले प्रत्यक्ष रूपमा एम बरालकै आवाजमा सुन्न पाउने हुनु भएको छ ।

यसको ब्यबस्था मिलाएको छ रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाले । अप्रिल ९ तारिख शनिबारका दिन सिड्नीको क्याम्सीमा रहेको ओरिएन फगंसन सेन्टरमा साँझ ६ बजे हुन लागेको सागितिक साँझमा लामो समयदेखि अमेरिकामा रहेका एम बरालले आफ्ना अन्य सफल गीतहरू पनि गाउने छन । गायन बिधामा एमलाई नेपालबाट आउने गायक सनुप पौडेल, गायिका आकंक्षा बस्याल र अष्ट्रेलियामा बसेर गायन क्षेत्रमा सक्रिय सुजाता मान्नधरले साथ दिने छन् ।

यति मात्र नभएर हाल अष्ट्रेलियामा रहनु भएका बरिष्ठ हांस्य कलाकार राजाराम पौडेल कार्यक्रमको बिशेष अतिथिको रूपमा आउन लाग्नु भएको कुरा आयोजक संस्थाका अध्यक्ष्य राज खनालले जानकारी दिए ।

नेपालका अनाथ तथा अपांगता भएका बाल बालिकाहरूको सहयोगार्थ हुन लागेको यो कार्यक्रमले अष्टेलियामा रहेका नेपालीहरूको नयां बर्ष सागितीक र नोरन्जनात्मक बनाउने कुरा खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?