२९ चैत, पोखरा । पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले पोखरा ४ बाट पक्राउ गरेको छ ।
पोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई शनिबार साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए ।
घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्के पुल पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फिर्केपुलमा पुर्याएपछि पीडित महिला त्यहाँबाट भाग्न सफल भई प्रहरीमा उजुरी गरेपछि प्रहरीले निजलाई पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4