
लिस्वोन । पोर्चुगलमा रहेर इटालियन खानाको अध्ययन गर्दै आइरहेका टंक सापकोटा पोर्चुगलको प्रतिष्ठित संगठन एएचअारइएसपीले प्रदान गर्ने Premiosahresp अवार्ड प्रकृयाको छनौटमा परेका छन् ।२३ बर्षको लामो युरोपको बसाइसँगै पेशागत इमान्दारीता र सिर्जनशीलताले उनी यस अगाडि पनि थुप्रै अन्तराष्ट्रिय स्तरका अवार्डबाट सम्मानित भइसकेका छन । पोर्चुगलमा मात्र नभएर उनी युरोपमा नै सिर्जनशील ब्यवसायीको रुपमा चिनिन्छन् ।
सापकोटा आफ्नो ‘कम प्रिमा’ रेष्टुरेण्टमा विभिन्न उच्चस्तरीय र सिर्जनशील परिकारहरु तयार गरी पोर्चुगल लगायत संसारै भरी आफ्नो कौसुल प्रस्तुत गरेको आधारमा अहिले पोर्चुगलका उत्कृष्ट ७ सृजनशील युवा ब्यवसायीको रुपमा मनोनयनमा पर्न सफल भएका छन् ।
अत्यन्त प्रतिष्ठित Aresep Award मा मनोनयन हुने उनी १ मात्र विदेशी नागरिक हुन् । पोर्चुगलमा रहेर ब्यवसाय गर्दै आएका अन्य थुप्रै ब्यवसायीहरुसँग अनलाइन भोटिङद्वारा उनले प्रतिस्पर्धा गर्दैछन् ।
पोर्चुगलका ७ उत्कृष्ट ब्यवसायीहरुको सुचिबाट अनलाइन भोटिङको माध्यमबाट १ जना सर्वोत्कृष्ट ब्यवसायीलार्इ Aresep Award 2016 ले सम्मान गरिनेछ ।
www.tankasapkota.com or http://www.premiosahresp.pt/
२ भोट एक ब्यक्तिले फरक फरक इमेलबाट जति पटक पनि भाेट गर्न सक्नेछन | यो लिंकमध्ये कुनै पनि एक लिंक खुलेपछि तपाईहरुले आफ्नो नाम र इमेल ठेगाना लेख्नु पर्ने हुन्छ |
३. विधा नम्बर पाँच Jovem Empresário/Empreededor do Ano: मा Chef Tanka Sapkota (Forno DOro) छान्नुहोस् । भोट विधिवत हुनको लागि सबै विधामा एक-एक जना छान्नु नै पर्ने हुन्छ ।
४. अन्त मा Votar मा क्लिक गर्नुहोस्
प्रतिक्रिया 4