+
+

एक महिनादेखि कृषि विश्वविद्यालय बन्द

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ वैशाख ११ गते १२:१२

rampur_campus_chitwan११ बैशाख, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको केन्द्रीय कार्यालय विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीचको विवाद मिल्न नसक्दा गत एक महिनादेखि बन्द छ ।

कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रामपुर इकाई समितिले २०७२ साल फागुन ३० गते क्यँम्पस प्रशासनलाई बुझाएको विभिन्न १५ बुँदे मागलाई सम्बोधन नगरेको भन्दै नेविसंघ इकाई समितिले आजसम्म पनि तालाबन्दी जारी राखेको हो ।

गत चैत ८ गतेदेखि बन्द भएको रामपुरको केन्द्रीय कार्यालयले विद्यार्थी संगठनको मागहरुलाई सम्बोधन नगरेसम्म तालाबन्दी जारी रहने नेवि संघ रामपुर इकाईका पूर्व अध्यक्ष सरोज रेग्मीले चेतावनी दिएका छन् ।

नेविसंघले रजिष्टार मनराज कोलक्षापति, उपकुलपति ईश्वरी प्रसाद ढकाल र डा.शारदा थपलियाको कार्यकक्ष बन्दमा तालाबन्दी गरिएको उनको  भनाई छ ।

अहिलेसम्म पटक-पटक क्याम्पस प्रशासनको बैठक बसेपनि आफूहरुलाई झुटो आश्वासन मात्रै आउने गरको भन्दै अझै बेवास्ता गरे शसक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

क्याम्पस प्रशासनमा सुरक्षा व्यवस्था कडा हुनुपर्ने, पुस्तकालयमा नयाँ पुस्तकहरु थप गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, प्रशासन बलियो हुनुपर्ने लगायतका १५ बुँदे माग राख्दै नेविसंघ रामपुर इकाई समितिले गत चैत ८ गतेदेखी तालाबन्दी गरेको हो ।

नेविसंघ ईकाई समितिले तत्काल समस्या समाधान गर्न प्रशासनलाई आग्रह समेत गरेको छ । लामो समयसम्म प्रशासनमा तालाबन्दी भएपछि प्रशासनिक कामकाज समेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?