+
+

शरीरबाट पसिनाको दुर्गन्ध हटाउने ८ घरेलु उपाय

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १२ गते २२:५०

armpit

गर्मी महिना लाग्नासाथ अत्याधिक पसिना आउने समस्या प्रायः सबैलाई सताउन थालिहाल्छ । काखी र खुट्टा गन्हाउने समस्याले पीडितहरुका लागि गर्मी महिना अभिशाप जस्तै बन्छ ।

धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ ।

गर्मीमा समान्य रुपमा आउने पसिनाले शरीमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पफ्र्युमले पनि सहयोग गर्न सकिरहेको हुँदैन । तर, केही त्यस्ता घरेलु उपायहरु अपनाउन थाल्नुभयो भने तपाईंलाई यो समस्याबाट हल पाउन खासै मुस्किल पर्नेछैन ।

कागतीः कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ । यसका लागि कागति काटेर यसको आधा भागलाई काखीमुनी दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखी मुनि रगड्न सकिन्छ ।

गुलाब जलः पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाबजल । यसका लागि नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिँदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्दछ ।

नीमको पातः नीमको पातले पनि शरीरमा दुर्गन्ध फैलन रोक्छ । दुर्गन्धको साथमा नीमको पातले शरिमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ । यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन गाह्रो पर्दैन ।

बेकिङ सोडाः पसिनाको दुर्गन्ध हटाउन अर्को घरलु उपाय हो बेकिंग सोडा । यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थलाई सोसेर सफाइ गर्छ । यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ । घरमा भएको बेकिङ सोडालाई सामान्य रुपवमा प्रयो गर्ने बानी बसाल्नुभयो भने दुर्गन्ध वरपर पर्दैन ।

पुदिनाः पुदिनाको सहयोगमा पनि पसिनाको दुर्गन्धलाई टाढा पठाउन सकिन्छ । पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरियालाई मेटाउँछ । यसले गर्दा शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ ।

बेसनः बेसन पनि पसिनाको दुर्गन्धको शुत्र नै हो । थोरै बेसनलाई दही मिसाएर बनेको पेस्ट प्रयोग गर्दा पनि पसिनामा हुने दुर्गन्धबाट बच्न सकिन्छ । यो पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउनुपर्छ । १० मिनेटपछि त्यसलाई पखाल्नुपर्छ । यसले दुर्गन्धयुक्त पसिनालाई बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ ।

महः मह पनि चानचुने औषधी होइन । यसले पनि पसिनाको दुर्गन्धलाई हटाउन र त्यसबाट बच्न सहयोग गर्छ । नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्नुपर्छ । यसबाट पनि पसिनाको दुर्गन्ध हट्छ ।

हाइड्रोजन पेरोक्साइडः हाइड्रोजन पेरोक्साइडको प्रयोग पनि पसिनको दुगन्धबाट बच्ने सरल उपाय हो । यसलाई एक चम्चा आधा कप पानीमा मिसाएर दिनमा ३-४ पटक काखी मुनि लगाउादा तपाईको शरीरबाट निस्कने दुग्नध निर्मुल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?