+
+

डिस्को गएर जोकर भएपछि यम बरालको यस्तो गीत

सिड्नी , राजन घिमिरे सिड्नी , राजन घिमिरे
२०७३ वैशाख २६ गते १०:१६

yam baral news

करिब दुई हप्ताको अष्ट्रेलियाको सांगितिक कार्यक्रम सम्पन्न गरेर यतिबेला गायक यम बराल नेपाल फर्किसकेका छन् । अष्ट्रेलिया बसाईकै क्रममा यमले  यहाँका पप र रेष्टुरेन्टमा देखेका कुराहरूलाई गीत मार्फत प्रस्तुत गर्ने सोच बनाएका थिए ।  अन्तत उनको त्यो सोचले नेपालमा मूर्त रूप पाएको छ, गीत बनेर । टक्क मैले गाडी रोके जुत्ता हेरे टाई मिलाए अँहम गरें स्बर मिलाए गएँ मत पिरती लाउन डिस्को गईयो पिरतीमा जोकर भइयो ।

यही गीतमा यमले यूबतीको मायामा भूलेर डिस्को र पप जाँदा हुने बिचल्ली र बिजोगलाई प्रस्तुत गर्न खोजेका छन् । यस्तो अबस्था सिड्नीमा उनले ब्यापक रूपमा देखेछन् र भन्छन् -‘ सिड्नीमा भन्दा त काठमान्डौमा झनै बढी देखेँ । अष्टेलियामा बिदेशीको जीबनमा देखे तर नेपालमा नेपालीहरूकै जिबनमा -‘ उनले भने । यमले कुरा लुकाउन खोजे पनि यो गीत उनको जीबनसँग पनि मेल खान्छ भन्न सकिन्छ । ‘ त्यती धेरै त होईन तर म पनि अछुतो भने छैन -‘ यमले भने । सिड्नीमा बिदेशी केटीहरूको बिश्वास गर्दा फसिने र पछि जोकर भईने कुरालाई इंगित गरेका छन् गीतमा यम बरालले ।

गीतमा समस्या मात्र नभएर समाधानको बाटोलाई पनि उनले मनोरन्जनात्मक तरिकाले प्रस्तुत गरेका छन् । यमको भनाईमा उनले यस्तो फास्ट र चटपटे गीत पहिलो पटक गाएका हुन् । यम यो गीतको मर्म सिड्नीबाट प्रभावित भएता पनि नेपालमा मात्र नभएर बिदेशमा रहेका नेपालीहरूको जिबनमा मेल खाने कुरा उनी बताउँछन र उनले गीत जस्तो नगरेर र नफस्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?