काठमाडौं । न्यूयोर्कमा बस्दै आएका गायक कन्हैया सिंह परियार र उनकी श्रीमति अन्जना गुरुङ सम्मानित भएका छन् ।
प्रबासी देशप्रेम साहित्य महोत्सवको अवसरमा कन्हैया र अन्जनालाई सम्मान गरिएको हो । कार्यक्रममा वाल कलाकार कबिन बिक्रम शाहको ‘लभ यु मोम’ म्यूजिक भिडियो बिमोचन गरिएको थियो ।
एन एण्ड जे इन्टरटेनमेन्ट इंक युयसएका प्रेसिडेण्ट एवम् साहित्यकार कमला प्रसाई र बिशाल बिक्रम शाहले आयोजना गरेको कार्यक्रममा साहित्यकार मोहन सिटौला, नारायण मैनाली, प्रविन भट्टराई, हरि बहादुर थापा (नाट्यकर्मी)लाई सम्मान गरिएको थियो ।
त्यस्तै डा. मधु कृष्ण श्रेष्ठ माधुर्य , प्रकाश श्रेष्ठ, शालिग्राम शाह,अजय छ्होचककन, संगीता मुखिया छ्होचककन, पुन्दरी अर्याल र ओम कर्माचार्यलाई पनि सम्मान गरिएको थियो ।
पुरस्कृत ब्यक्तित्वलाई न्युयोर्क नेपाली एम्बेसी एक्टिङ कंसुलर कृष्ण कुमार सुबेदी “कृसु छेत्री”ले कदरपत्र सहित सम्मान प्रदान गरेका थिए ।
प्रतिक्रिया 4