+
+

तयार भयो विश्वकै लामो सुरुङ, जसले ज्युरिच र मिलानलाई नजिक बनाउनेछ

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ जेठ १९ गते १७:४९

tunnel

१९ जेठ, काठमाडौं । स्विट्जरल्याण्डमा विश्वकै सबैभन्दा लामो र गहिरो सुरुङ खोलिँदैछ । जसलाई बनाउन मात्र झण्डै २० वर्ष लागेको छ ।

५७ किलोमिटर लामो यो दोहोरो सुरुङको नाम गोटहार्ड हो, जुन अल्प्स पवर्तमुनीबाट उत्तरी र दक्षिणी युरोपको तीव्र गतिको रेल सेवासँग जोडिनेछ ।

यो सुुरुङ मार्ग युरोपमा बालबाहक यातायातमा क्रान्तिकारी कदम हुने स्विट्जरल्याण्डको दाबी छ ।

यो रेल लिंक नेदरल्याण्डको रोटरड्याम र इटलीको गेनोआलाई जोड्नेछ । अहिलेसम्म यो मार्गमा सामानको ढुवानी लाखौं ट्रकहरुले गर्दै आएको थियो । तर, अब यो सुरुङ हुँदै रेलबाट लगिनेछ ।

अधिकारीहरुका अनुसार यो सुरुङ मार्ग बनाउन १२५० करोड डलर खर्च भएको छ । डि्रलिङ मेसिन मात्र ४१० मिटर लामो प्रयोग भएको थियो, जुन फुटबलको चार मैदान बराबर हुन्छ ।

अहिलेसम्म विश्वको लामो सुरुङ जापानको ५३.९ किलोमिटर लामो सेइकन रेल सुरुङ थियो । अब यो रेकर्ड गोटहार्डको नाममा हुनेछ । फ्रान्स र बेलायतलाई जोड्ने ५०.५ किमि लामो सुरुङ अब तेस्रो स्थानमा झर्नेछ ।

गेटहार्ड रेल सुरुङको उद्घाटन समारोहमा स्वीस अधिकारीहरुसँगै जर्मन चान्सलर अंगेला मर्केल, फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ आलन्द र इटलीका प्रधानमनत्री रेन्जी पनि उपस्थित हुनेछन् ।

यो विश्वकै सबैभन्दा गहिरो सुरुङ पनि हो । यो धरातलबाट २.३ मिलोटिर तल छ, जहाँको तापक्रम ४६ डिग्री सेल्सियससम्म हुनेछ र उसको माथि पहाड छ ।

यो सुरुङ खन्ने क्रममा इन्जिनियरहरुले ७३ प्रकारका ढुंगा खोप्नु परेको थियो । जसमा केही ग्रनाइड जस्तो कडा त केही चिनी जस्तो कमलो थियो । यो सुरुङ खन्ने क्रममा २.८ करोड टन ढुंगा निकालिएको थियो ।

सुरुङ अब तयार भएको छ । यसको निर्माण तोकिएको बजेट र समयमा नै भएको छ । यो सुरुङ पुरा गर्न डिसेम्बरसम्मको मसय लाग्नेछ र, त्यसपछि ज्युरिच र मिलानको दुरी एकदेखि २ घन्टा ४० मिनेटसम्म मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?