+
+

‘जुइनो’ले नेपाल ल्यायो विनितालाई, भन्छिन्-‘ग्रिनकार्ड एप्लाई गर्दिन’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २१ गते १६:३१

beenita baral
चलचित्र खेल्दा खेल्दै नायिका विनिता बराललाई कृषि पेशाले आकर्षित गर्‍यो । उनले अर्गानिक खेती सुरु गरिन् । यहि खेती गर्दै गर्दा उनले पुस्तक पनि लेखिन्, ‘जुइनो’ । कृषिमा आधारित रहेर लेखिएको यो पुस्तक अब भने पाठकमाझ आउने भएको छ । पुस्तक लेखेर नायिका विनिता बराल अमेरिका पुगिन् ।

करिब १० महिनापछि विनितालाई यहि पुस्तकले नेपाल ल्याएको छ । आज बिहान नेपाल झरेकी विनिता अहिले अमेरिकामा खान नपाएका स्वादिला खाना खाइरहेकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘मैले अमेरिकामा खसीको मासुलाई निकै मिस गरे । नेपाल आएलगतै खसीको मासु खाएर बसेकी छु ।’

विनिता अहिले एमबीए पढ्दैछिन् । अधिकांश विद्यार्थी उनीभन्दा साना छन् । यसैले उनले आफूलाई पनि १८-१९ बर्षको महशुश गर्दैछिन् । विनिता भन्छिन्-‘अमेरिकामा जीवन दौडधुप, रमाइलो, प्रेसर सबैकुरामा अगाडि बढ्छ ।’

गुजरातका धेरै विद्यार्थीसँग उनको संगत छ । नेपाली विद्यार्थी भने आफू पढ्ने कलेजमा नभएको उनले बताइन् । आफूलाई नी फुच्ची देखाउन कपाल काट्नु भएको हो भन्ने प्रश्नमा उनले भनिन्-‘त्यस्तो पनि होइन । कलाकार भएपछि फेसन परिवर्तन गरिरहनुपर्छ ।’

अमेरिका रहँदा के कुरालाई मिस गर्नुभयो भन्ने प्रश्नमा उनले भनिन्-‘मैले नेपाल आमालाई मिस गरेँ । यसपछि खसीको मासु र यहाँको खानालाई मिस गरे ।’ मिठो खान नपाएर आत्तिएको यी नायिकाले बताइन् ।

अमेरिका पुगेका अधिकांश कलाकार गि्रनकार्ड एप्लाई गरिरहेका छन् । विनिता भने अहिले नै आफूले यो सोच नबनाएको बताउँछिन् । उनले भनिन्-‘मेरो २ बर्षको विद्यार्थी भिषा छ । यसपछि पनि मलाई अमेरिका जान आउन कुनै समस्या छैन । यसैले ग्रिन कार्ड एप्लाई गर्ने सोच छैन । यदि, अमेरिकाको सरकारले नै गि्रन कार्ड दियो भने लिन्छु ।’

उनले अमेरिका रहँदा केही नेपाली कलाकार पनि भेटेकी छिन् । तर, अमेरिकामा नै बस्ने नेपाली कलाकारसँग उनको भेट भएको छैन । कारण, उनी एटलान्टामा बस्छिन्, जहाँ नेपाली कलाकार छैनन् ।

नेपाल आएको समयमा विनिताले पुस्तक प्रमोशनमा मै समय दिने बताइन् । भनिन्-‘मलाई फाइन पि्रन्टले पुस्तकको विमोचनका लागि यहाँ बोलाएको हो । म उसकै खर्चमा आएकी हुँ ।’ तर, पुस्तकलाई समय दिएर बाँकी रहेको समयमा म्यूजिक भिडियो, विज्ञापन गर्ने योजना उनको छ । एक महिनाको बसाइपछि विनिता अमेरिका फर्किनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?