+

भर्डी लिसेस्टरमै बस्ने, चार वर्षे सम्झौता

२०७३ असार  ९ गते १६:५४ २०७३ असार ९ गते १६:५४
भर्डी लिसेस्टरमै बस्ने, चार वर्षे सम्झौता

Vardy

आर्सनल जाने विकल्पलाई अन्त्य गर्दै जेमी डर्भीले प्रिमियर लिग च्याम्पियन लिसेस्टरसँग चार वर्षे नयाँ सम्झौता गरेका छन् ।

इंग्ल्याण्डका २९ वर्षे स्ट्राइकरले गत सिजन २४ गोल गरे र लिसेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाए । उनी अहिले इंग्ल्याण्डको टिमबाट युरोकप खेलिरहेका छन् ।

भर्डीलाई भित्र्याउन आर्सनलले इच्छा देखाएको थियो । तर, भर्डी भने किङ पावर स्टेडियमप्रति प्रतिवद्ध देखिएका छन् र साप्ताहिक १ लाख पाउण्डको सम्झौतामा गरेका छन् ।

लिसेस्टरले वक्तव्य जारी गर्दै भर्डीसँग चार वर्षे सम्झौता भएको जानजकारी दिएका छन् ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय